• June 18, 2021

कक्षा १ बाटै संस्कृत भाषा पढाउने निर्णय संविधान विपरित : जनजाति महासंघ

 कक्षा १ बाटै संस्कृत भाषा पढाउने निर्णय संविधान विपरित : जनजाति महासंघ
मनपरे शेयर गरौ ! 

झापा / नेपाल आदिवासी जनजाति महासंघले कक्षा १ देखि संस्कृत भाषा पठन पाठन गराउने निर्णयको विरोध गरेको छ ।


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह अन्तर्गत पर्ने भएकाले संघीय सरकारले निर्णय गर्न नमिल्ने उसको दाबी छ ।


महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकालेर संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ (केन्द्र)को पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले चालेको कदम असंवैधानिक रहेको जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोलरेलको अध्यक्षमा गत माघ २ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले कक्षा १ देखि ऐच्छिक विषयको रुपमा संस्कृति भाषालाई पठन /पाठन गराउने निर्णय गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग