• November 28, 2020

सांसद अपहरणमा संलग्नलाई कार्बाही हुनुपर्छ : देउवा

 सांसद अपहरणमा संलग्नलाई कार्बाही हुनुपर्छ : देउवा

Deuba

मनपरे शेयर गरौ ! 
Deuba

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको अपहरणको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कार्वाही गर्न माग गरेका छन् ।

आजबाट सुरु भएको संघिय संसदको छैटौ अधिवेशन सभापति देउवाले सो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लकडाउनको बेला सरकारले दुईवटा अलोकतान्त्रिक अध्यादेश ल्याएर अलोकतान्त्रिक चरित्र देखाएको धारणा राखे ‘सबै मिलेको बेला दलविभाजनको अध्यादेश ल्याउनुले सरकारको नियत प्रष्ट भएको छ ’ उनले भने ।

आगामी बजेट कोरोना केन्द्रित हुनुपर्ने उनको भनाई थियो । कोरोना नियन्त्रण प्रयासको समिक्षा गर्दै विषेश निती बनाउन स्मरण गराएका देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाईकर्मीको प्रसंसा गरे ।

मनपरे शेयर गरौ ! 

Related post