• June 4, 2020

‘एकका लागि एक’ अभियानमा बुधबारे जेसीज पूर्व अध्यक्षको सहयोग

 ‘एकका लागि एक’ अभियानमा बुधबारे जेसीज पूर्व अध्यक्षको सहयोग
मनपरे शेयर गरौ ! 

बुधबारे / कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि राज्यले लकडाउन गरेपछि अति विपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा जेसीज पूर्व अध्यक्ष समाज झापाको २१ हजार आर्थिक सहयोग गरेको छ ।

एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा सह–आयोजक संस्था समेत रहेको जेसीज पूर्व अध्यक्ष समाज झापाले शुक्रबार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेमा सो रकम अभियानको खातामा जम्मा गरेको जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव विष्णु रिमालले बताए ।

रकम जेसीज पूर्व अध्यक्ष समाज झापाका महासचिव जेसी विष्णु रिमाल, बुधबारे जेसीज वर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राई र जेसी अनिल वाग्लेले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बुधबारेका प्रमुख सागर ओझालाई हस्तान्तरण गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post