• September 25, 2020

जलथलका स्थानीय भन्छन् ‘भरपर्दो डाइभर्सन नहुँदा आवत जावतमा समस्या भो’

 जलथलका स्थानीय भन्छन् ‘भरपर्दो डाइभर्सन नहुँदा आवत जावतमा समस्या भो’
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हुुलाकी सडक अन्तर्गत झापाको हल्दिबारी ३ को निर्माणाधिन ढडुवा पुल नजिक डाइभर्सन नहुँदा आवत जावतमा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

जलथलको ढडुवा चोकबाट २५० मिटर पश्चिममा निमार्ण भइरहेको पक्की पुल नजिक भरपर्दो डाइभर्सन छैन । डाइभर्सन भरपर्दो नहुँदा लकडाउनका बीच अत्याधिक वर्षा भएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको स्थानीय अभिषेक खतिवडाले बताए ।

‘लकडाउनमा निर्माण रोकिएको पुलको काम शुरु त भयो तर, छेउमा गतिलो मोड निर्माण भएन त्यसैले एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधन आवत जावत गर्न कठिनाई छ, खतिवडाले भने ‘ स्थानीय, बालबालिका, असक्त, गर्ववती महिला र जेष्ठ नागरिकलाई समस्या भएको छ ।’

कोरोना भाइरसका कारण मुुलुकमा लकडाउन घोषणा भएपछि निर्माणको काम रोकिएको सो पुलको ढलान सकिएको बताइएको छ ।

मूल सडकमा पूल बनाउँदा सहज डाइभर्सन( मोड)को लागि सहज बनाइदिनु पर्ने ठेकेदारको कर्तव्य भएपनि त्यो काम नभएको स्थानीयको गुनासो छ । बाटोको निकास नहुँदा थोरै दुरीका लागि पनि निक्कै घुमेर जानु पर्ने बाध्यता स्थानीयमा छ ।

हुलाकी मार्गमा पर्ने सो पुल सडक विभाग अन्तर्गत निर्माण भएकोले काम राम्रो नराम्रो के भएको छ भन्ने विषय प्राविधिकले बताउने विषय हो । तर, लकडाउनका बीचमा पनि ठेकेदारले छिटो छिटो काम गरेको ३ नम्बर वडाध्यक्ष रोशन शिवाकोटीले जानकारी दिइन् ।

‘पानी नपरेको भए यो समस्या आउने थिएन वडाध्यक्ष शिवाकोटीले भनिन्, ‘दक्षिणतिरबाट डाइभर्सन बनाएको थियो, तर कल्भर्ट नहुँदा अहिले हिलो भएर समस्या भएको हो ।’ अब चाँडै त्यो समस्या हट्न सक्छ, उनले भनिन् ।

तस्वीर : अभिसेक खतिवडाको फेसबुकबाट

हुलाकी राजमार्ग झापाको गौरीगञ्ज गाउपालिका, भद्रपुर नगरपालिका ,हल्दिबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकामा सडक पिच भइरहेको बताइएको छ । सडक निर्माणको काम भएपनि चित्त बुझ्दो काम नभएको स्थानयिको गुनासो छ ।

विराटनगरदेखि झापाको भद्रपुुर जोडने ७१ किलोमिटर सडकको निमार्ण लागत चार अर्व ९३ करोड ७७ लाख रुपैयाँ रहेको छ । सो आयोजना अन्र्तगत मोरङमा ४२ र झापामा २९ किलोमिटर सडक बिस्तार हुुँदैछ ।

मनपरे शेयर गरौ ! 

Related post