• October 1, 2020

क्वारेन्टाइनमा रहेकी महिलाले जन्माइन जम्ल्याहा बच्चा

 क्वारेन्टाइनमा रहेकी महिलाले जन्माइन जम्ल्याहा बच्चा
मनपरे शेयर गरौ ! 


दाङ / भारतको रुपैडिहा बिलौनीबाट आएर तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जम्ल्याहा बच्चा जन्माएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जम्ल्याहा छोरी जन्माएकी हुन् ।

चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइती घरमा रहेकी यादव गाडी र पैदलयात्रा गर्दै दुई दिनमा घर आइपुगेकी थिइन् ।

गर्भवती यादव बिहीबारदेखि क्वारेन्टाइनमा बस्न थालेकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खबर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित क्वारेन्टाइनमा राखेको तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए ।

उनको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको न्यौपानले बताए । यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको थियो ।

स्पतालका अनुसार दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो छ । एउटा १.८ र अर्काको १.५ केजी तौलको भएको अस्पतालले जनाएको छ । अनिताका यसअघि दुई छोरा र दुई छोरी छन् ।
तस्बिर: दुर्गालाल केसी / कान्तिपुर

मनपरे शेयर गरौ ! 

Related post