• November 28, 2020

इन्टर र एसी मिलानका खेलाडीले सुरु गरे अभ्यास

 इन्टर र एसी मिलानका खेलाडीले सुरु गरे अभ्यास
मनपरे शेयर गरौ ! 

एजेन्सी / इन्टर मिलान र एसी मिलानका खेलाडी शुक्रबारदेखि अभ्यासमा उत्रेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीको मिलान सहर दुई महिनाको लकडाउन खुकुलो भएयता सामान्य स्थितिमा फर्कने प्रयासमा छ ।

इन्टरले अभ्यास सुरु हुनु अगाडि आफ्ना सबै खेलाडी तथा कर्मचारीमा कोभिड–१९ को परीक्षण गरेको र त्यसमध्ये कोही पनि संक्रमित नपाइएको जनाएको छ ।

इन्टरको अभ्यास सत्रको नेतृत्व कप्तान समिर हान्डनोभिचले गरेका थिए र त्यसमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु पनि सहभागी थिए ।

लुकाकु मास्क र पञ्जा लगाएर क्लबको एपिनो जेनेटिल ट्रेनिङ सेन्टरमा अभ्यासका लागि आएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post