• September 30, 2020

झापामा लकडाउन केहि खुकुलो बनाइदै

 झापामा लकडाउन केहि खुकुलो बनाइदै
मनपरे शेयर गरौ ! 

झापा / झापामा लकडाउनलाई केही खुकुलो बनाउदै लैजाने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिले जिल्लामा जारी बन्दाबन्दीलाई खुकुलो वनाउदै लैजानका लागि न्यूनतम मापदण्ड पूरा गरि पसलहरू चार घण्टा खुलाउने निर्णय गरेको हो ।

शुक्रवार जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न सर्वपक्षीय बैठकले जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू बिहान ८ बजे देखि दिउँसो १२ बजेसम्म सङ्घीय सरकारले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले शुक्रबारदेखि ४४ प्रकार उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा बैठकले त्यस्तो निर्णय गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उद्योगहरूले कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने, काम गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था अनिवार्य मिलाउनु पर्ने, कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य परिचय–पत्र दिएको हुनुपर्ने र ढुवानीका साधन चालक र सह–चालकको अनिवार्य परिचय–पत्र हुनुपर्ने निर्णय गरिएको छ।

त्यस्तै खाद्यान्न, औद्योगिक उत्पादन र कृषि प्रयोजनका ढुवानीका साधनहरूको हकमा पास आवश्यक नपर्ने र त्यस्ता सवारी साधनका चालक र सह–चालक बाहेक अन्यलाई यात्रा गराइएको पाइएमा कानुनी कारबाही हुने बैठकले निर्णय गरेको छ।

मनपरे शेयर गरौ ! 

Related post