• September 29, 2020

कमल गाँउपालिकामा वडाकार्यालयको शिलान्यास

 कमल गाँउपालिकामा वडाकार्यालयको शिलान्यास
मनपरे शेयर गरौ ! 


झापा / झापाको कमल गाँउपालिका वडानम्बर ५ को कार्यालय भवन शनिबार शिलान्यास गरिएको छ ।

पाडाजुंगी पूर्व पाथीभरा चोक नजिक निर्माण हुने वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताएका छन् ।

भवनको प्रदेशसभा सदस्य अर्जुन राईले शिलान्यास गरेका हुन् । २५ लाखको बजेटबाट यसवर्ष भवन निर्माणको काम सुरु गरिने वडाध्यक्ष निरौलाले जानकारी दिए ।

प्रदेश सभा सदस्य अर्जुन राईको सांसद विकास कोषमार्फत विनीयोजित २५ लाखको वजेटबाट भवनको प्रारम्भिक चरणका काम शुरु गरिने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य राई, गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेणु शिवाकोटी लगायतले बोलेका थिए ।

सो अवसरमा जग्गादाता सन्तोष कार्कीका परिवारलाई सम्मान गरिएको थियो । कार्कीले वडाकार्यालयका लागि करिव ३० लाख मूल्य पर्ने १७ धुर जग्गा उपलव्ध गराएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post