• September 20, 2020

लकडाउनमा सिरीजङ्गा लिपी लेखन प्रशिक्षण सुरु

 लकडाउनमा सिरीजङ्गा लिपी लेखन प्रशिक्षण सुरु
मनपरे शेयर गरौ ! 


दमक / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेर लकडाउन भएको बेला सिरीजङ्गा लिपी लेखन तथा मातृभाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

दमक नगरपालिका १ सिरीजङा टोलको पहलमा त्यहाँ बसोबास गर्ने किरात लिम्बु र राई जातीहरुलाई मातृभाषा प्रशिक्षण गराउन शुरु गरिएको हो ।

लकडाउनको बसाईमा सिरीजङा टोलको पहल र लिम्बु साहित्यमा दखल राख्नु हुने साहित्यकार सर्जक भाषाविद सेसेमी से नाल्बोको अगुवाईमा किरात सिरीजङ्गा लिपी भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

सो टोलमा स्थायी बसोबास गर्ने ५० जना प्रशिक्षार्थीले लिपी लेखन र भाषा प्रशिक्षण लिइरहेको टोलकी अभियन्ता इक्सा सम्बाहाम्फेले बताइन् ।

पछिल्लो पुस्तामा आ–आफ्नो भाषा बोल्ने प्रचलन हट्दै गईरहेको प्रति चिन्तित हुँदै अबका पुस्ताहरुलाई किरात सिरीजङ्गा लिपि लेखन र प्रशिक्षण दिन सुरु गरिएको साहित्यकार नाल्बोल बताए ।

सरकारले मातृभाषाको शिक्षाप्रति चासो नदिएकोमा उनीहरुले गुनासो गरेका छन् ।
लकडाउनको समयमा आफ्नो टोलमै मातृभाषा शिक्षा अध्यापन गर्न पाएकोमा टोलकी अध्यक्ष रचना लावती दंङ्ग छिन् ।

टोलमा बसेका लिम्बु, राई मात्र नभएर अन्य समुदायलाई समेत सिरीजङ्गा लिपी प्रशिक्षणमा प्रोत्साहन गरिएको उनीहरुले बताएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post