• October 1, 2020

सिंहदरबार अगाडी प्रहरीलाई मुक्का हान्ने चारजना चिनियाँलाई १० दिन थुनामा राख्न आदेश

 सिंहदरबार अगाडी प्रहरीलाई मुक्का हान्ने चारजना चिनियाँलाई १० दिन थुनामा राख्न आदेश
मनपरे शेयर गरौ ! 

काठमाडौं / सिंहदरबार अगाडी नाराबाजी सहित नेपाल प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका वेला ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो ।

तर, उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । उनका अनुसार कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य साधारण तारेखमा छुटेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post