लागू औषधसहित झापामा एक व्यक्ति पक्राउ

बिर्तामोड / झापाको कन्काई नगरपालिका ४ बाट आइतबार लागू औषध व्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १७ ग्रामसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कन्काई नगरपालिका ४ मा लागू औषध विक्रि वितरण भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका वर्ष ३८ को प्रदिप भन्ने हर्कबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागू औषध व्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १७ ग्राम तथा नगद २३ हजार ३५५ रुपैयाँ समेत बरामद गरेको बिर्तामोड प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
तस्वीर: डीपीओ झापाको फेसबुक पेजबाट