• October 1, 2020

कोरोनाबाट स्वास्थ्यकर्मीसहित पत्रकार पनि संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो

 कोरोनाबाट स्वास्थ्यकर्मीसहित पत्रकार पनि संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटिएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

वीरगञ्जमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । लकडाउनको समयमा पनि पत्रकारहरु फिल्ड रिपोर्टिङमा खटिएका छन् ।

नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

कपिलस्तुमा एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । तौलिहवा अस्पतालमा कार्यरत २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अस्पताल कार्यरत उनीसहित अरु ९ जनाको स्वाब संकलन गरिएको थियो । परीक्षणपछि बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

मनपरे शेयर गरौ ! 

Related post