• September 20, 2020

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

 थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post