• September 21, 2020

झापाका १५ जना कोरोना संक्रमित भारतबाट आएका

 झापाका १५ जना कोरोना संक्रमित भारतबाट आएका
मनपरे शेयर गरौ ! 

झापा / झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ ।

भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

उनीहरु दिल्ली बम्बईबाट आएको चौलागाईले बताए । चौलागाईका अनुसार १ सय जनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ५० जनाको रिपोर्ट आइसकेको छ ।

हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post