• June 4, 2020

बिर्तामोडले लगायो छिमेकी पालिकासँगको आवत जावतमा रोक,अत्यावश्यक बाहेक सबै सवारी बन्द

 बिर्तामोडले लगायो छिमेकी पालिकासँगको आवत जावतमा रोक,अत्यावश्यक बाहेक सबै सवारी बन्द
मनपरे शेयर गरौ ! 

बिर्तामोड / बिर्तामोड नगरपालिकाले बिहीबार बेलुका १२ बजेदेखि छिमेकी पालिकासँगको सिमानाबाट आवत जावत पूर्ण रुपमा बन्द गरेको छ ।

बिर्तामोड नगरपालिकाको हिजो बसेको सर्वपक्षिय बैठकले जेठ ८ गते बेलुकादेखि आवत जावतमा रोक लगाउने निर्णय गरेको हो ।

छिमेकी गाउँपालिकामा कोरोनाका संक्रमित बढेपछि नगरपालिकाले आफ्नो नगरबासीको सुरक्षाका लागि नाकामा मानव आवत जावत साथै सवारी समेत रोक्ने निर्णय गरेको हो ।

नगरका सिमा नाकामा कडाइ गर्न सुरक्षाकर्मीले सम्बन्धित वडा र टोलविकास संस्थासँग समन्वय गर्ने बताएको छ ।

बैठकले स्वास्थ्य सेवाका अस्पताल,औषधी पसल,एम्बुलेन्स, सव वाहनलाई २४ घण्टा खुल्ला रहने,दुग्ध उत्पादन, बिक्री वितरण, कृषि बीउ विजन, मल औषधि लगायतका सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, तरकारीको बिक्री वितरण घुम्ती सेवाबाट बिहान ८ बजेदेखि १२ बजेसम्म गर्न पाइने, बिर्तामोड नगर क्षेत्रमा सञ्चालन हुने विकास निर्माण तथा योजनाहरु सूचारु गर्ने त्यसका लागि निर्माण सामग्रीहरु पास दिएर ओसार पसार गर्न पाउने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्णयको पूर्ण विवरण

मनपरे शेयर गरौ ! 

Related post