• September 23, 2020

हल्दिबारीका सबै सीमा नाका बन्द, नाकामा प्रहरी र स्वयंसेवक परिचालन

 हल्दिबारीका सबै सीमा नाका बन्द, नाकामा प्रहरी र स्वयंसेवक परिचालन
मनपरे शेयर गरौ ! 


हल्दिबारी / हल्दिबारी गाउँपालिकाले बाह्रदशी र कचनकवल गाउँपालिकाबाट हल्दीबारी प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।


छिमेकी गाउँपालिकामा कोरोना भाइरसका संक्रमित फेला परेपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले स्थानीय प्रहरी प्रशासन र वडा समिति मार्फत स्वयंसेवकहरु परिचालन गरि नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।


गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा जेठ ७ गते बसेको बैठकले संक्रमण फैलिई महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लकडाउनलाई कडा गर्न त्यस्तो निर्णय गरेको प्रवक्ता सागर पोर्तेलले बताए ।


कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिले ३ जेठमा गरेको निर्णय बमोजिम गर्न कडाई गर्ने साथै बजार अनुगमन गरि जथाभावी गर्नेलाई कार्वाहीको दायरामा ल्याउने पनि निर्णय गरेको छ ।

गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका यसै आवमा सम्पन्न गर्नुपर्ने आयोजनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुलाई पास दिने, दुई पाँग्रे, चार पाँग्रे तथा अन्य अनावश्यक सवारी आवागमनलाई नियन्त्रण गरि अटेर गर्नेलाई नियमानुसार जरिवाना गर्ने निर्णय गरेको छ ।

बैठकले हल्दीबारी गाउँपालिकामा स्थायी बसोबास भई भारत लगायत अन्य मुलुक तथा अन्तर जिल्लामा रहि आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, कोरोना भाइरसको संक्रमण फैलन नदिन बाहिरबाट फर्कने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न हल्दीबारी १ को जनजागृति मावि र हल्दीबारी ४ को महेन्द्र माविमा क्वारेन्टाइन निर्माण गर्ने साथै अन्य वडामा समेत क्वारेन्टाइन निर्माण गर्नका लागि वडाभित्रका उपयुक्त विद्यालयको पहिचान गरि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post