• November 28, 2020

पाकिस्तानमा चालकदलसहित ९८ यात्रु सवार विमान दुर्घटना

 पाकिस्तानमा चालकदलसहित ९८ यात्रु सवार विमान दुर्घटना
मनपरे शेयर गरौ ! 

इस्लामाबाद / पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । 

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् ।

उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

मनपरे शेयर गरौ ! 

Related post