• September 23, 2020

गंगा काफ्ले(शाण्डिल्य) योस्ट केयर फण्ड अवार्डबाट सम्मानित

 गंगा काफ्ले(शाण्डिल्य) योस्ट केयर फण्ड अवार्डबाट सम्मानित
मनपरे शेयर गरौ ! 

विराटनगर / विराटनगर घर भई काठमाडौंमा प्राविधक कम्पनी संचालन गरिरहेका युवा व्यवसायी गंगा काफ्ले(शाण्डिल्य)ले योस्ट केयर फण्ड प्राप्त गरेका छन् ।

वेबसाइट बनाउन प्रयोग गरिने वर्डप्रेसको प्लगिन निर्माण गर्ने कम्पनी योस्ट एसइओले प्रदान गर्ने योस्ट केयर फण्ड उनले प्राप्त गरेका हुन् ।

२५ हजार डलर बराबरको फण्डबाट बर्सेनि करिब ५० जना व्यक्तिलाई दिईने उक्त अवार्ड, नोमिनेसनको आधारमा अवार्ड दिने कम्पनीले मुल्यांकन गरि प्रदान गर्ने गर्दछ | उनलाई यस अवार्ड वापत ५ सय डलर(करिब ६० हजार नेपाली रुपयाँ) , प्रमाणपत्र र ब्याड्जहरु प्रदान गर्नुका साथै योस्ट एसईओको वेबसाइटमा इन्टरभ्यु प्रकाशन गरेको छ ।

यो अवार्ड बिशेस गरि वर्डप्रेस समुदायमा स्वयमसेवी रुपमा वर्डप्रेसलाई उत्कृष्ठ कार्य गर्ने संसारभरका करिब ५० जना व्यक्तिहरुलाई यो अवार्ड प्रदान गर्दछ ।

आवर विराटनगरसँगको कुराकानीमा उनले अरु कसैले नोमिनेट गरिदिएर यो अवार्ड प्राप्त गरेको बताए । नेपालबाट यो अवार्ड पाउने पहिलो व्यक्ति नै शाण्डिल्य हुन् । उनले संचालन गरेको टेम्प्लेट सेल कम्पनीले काठमाडौंमा रहेर वर्डप्रेस को क्षेत्रमा वेबसाइट बनाउने, थिम बनाउने लगायतको कार्यहरु गरिरहेको छ ।

वर्डप्रेस वेबसाइट बनाउन सजिलो र सित्तैमा पाईने ओपन सोर्स सफ्टवेयर हो । हाल यो सफ्टवेयर प्रयोग गरेर विश्वमा ३५% भन्दा बढी वेबसाइटको निर्माण हुने गरेको छ | सन् २००३ देखि सुरु भएको वर्डप्रेस अहिले १०० भन्दा धेरै भाषा र १०० भन्दा धेरै देशमा संजाल विस्तार पनि भईसकेको छ |

काफ्ले वर्डप्रेसको थिम टिमको एक एडमिन पनि हुन्, जहाँ उनले बिश्वभर बाट वर्डप्रेसको अफिसियल वेबसाइटमा हालिएका थिमहरुको गुणस्तर हेर्ने काम पनि गर्छन |

सन् २०१८ को डिसेम्बरमा बिराटनगरमा पनि उनको नेतृत्वमा वर्डप्रेसको अन्तरास्ट्रिय कार्यक्रम वर्डक्याम्प बिराटनगर २०१८ सम्पन्न भएको थियो | आवर विराटनगरबाट साभार

मनपरे शेयर गरौ ! 

Related post