• September 24, 2020

लकडाउनको ६१ औँ दिन : कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

 लकडाउनको ६१ औँ दिन : कोरोना संक्रमितको संख्या ५१६ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / लकडाउन भएको ६१ औँ दिन पुग्दा मुलुकभर कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । संक्रमण नेपालका ४० जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपचारपछि ७० जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् भने ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कोरोनाबाट ३ जनाको ज्यान गएको छ । २७ हजार ८२९ जना क्वारेन्टीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म ४२ हजार ५२६ जनाको पीसीआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ । ८२ हजार ११६ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post