पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा

  •  
  •  
  •  
  •  
  •  
  •  

झापा / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसँग सम्बन्धित प्रकरणमा छानविनका लागि न्यायिक हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेसहित तीनजनाको मुद्दाको फाइल पेश भएको छ ।

तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल तयार गरी जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा आइतबार पेस गरेको हो ।

अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्यु प्रकरणमा नाम जोडिएपछि प्रहरीले तीनै जनालाई साउन ३० गते अनुसन्धानको लागि पक्राउ गरेको थियो ।