• September 20, 2020

हल्दिबारी प्रवेश गर्ने सबै नाका बन्द

 हल्दिबारी प्रवेश गर्ने सबै नाका बन्द
मनपरे शेयर गरौ ! 


हल्दिबारी / कचनकवल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि हल्दिबारी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै अन्य स्थानीय तहबाट हल्दिबारी प्रवेश गर्ने सबै नाका बन्द गरेको छ ।

छिमेकी पालिकामा फैलिइएको कोरोना भाइरसको प्रकोप आफ्नो पालिकामा समेत फैलन सक्ने भन्दै हल्दिबारीले सबै नाका बन्द गरेको हो ।

लकडाउनको समयमा दैनिक आपुर्ति गर्नुपर्ने अत्यावश्यक सामग्रीहरुको बारेमा गाउँपालिकाले निश्चित मापदण्ड पुरा गरेर बिक्री वितरण गर्न पाइने निर्णय गरेको छ ।

गाउँपालिकाको बैठकले स्वास्थ्य क्लिनिक, दुघ डेरी, कृषि बीउ विजन केन्द्र, पशु उपचार केन्द्र बाहेक सबै बन्द गर्ने, दैनिक उपभोग्य वस्तुको बिक्री वितरण विहान ८ बजेदेखि १२ बजेसम्म मात्र गर्न पाइने र अनिवार्य मूल्य सुची राख्नु पर्ने सूचनामा जनाएको छ ।

इजाजत प्राप्त पसल मात्र खोल्न पाइने, बिक्री गरिएका सामग्रीको बिल बिजक उपभोक्तालाई अनिवार्य दिनु पर्ने , निर्माणाधिन अवस्थाका आयोजनामा निर्माण सामग्री ढुवानी गर्न दिइने, अनुमतिपत्र प्राप्त सवारीसाधन, एम्बुलेन्स बाहेक सबै सवारी साधनको आवागमन बन्द गर्ने सूचना जारी गरेको गाउँपालिकाका प्रवत्ता सागर पोर्तेलले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post