• October 1, 2020

मुटुको उपचार गराइरहेकी महिलामा कोरोना संक्रमण

 मुटुको उपचार गराइरहेकी महिलामा कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


झापा / काठमाण्डौँको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको उपचार गराइरहेकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रवार हेटौँडा ३ मकवानपुर स्थायी घर भएकी ५४ बर्षीया महिलाको मुटुको समस्या भई मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।

उनी हेटौडाबाट आएकाले कोरोना परिक्षणका लागि नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा शुक्रबारको रिपोर्टमा पोजेटिभ देखिएको अस्पताले जनाएको छ ।

ती महिलालाई भर्ना भए देखि नै छुट्टै सीसीयू कक्षमा आइसोलेसनकै रुपमा राखि उपचार भईरहेको भएपनि अब त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेकोे कोरोना उपचार कक्ष लेभल थ्रीमा सार्ने बिषयमा छलफल भैरहेको त्रिवि हिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए ।

मनपरे शेयर गरौ ! 

Related post