• September 29, 2020

कचनकवलमा पुष्टि भएका कोरोना संक्रमित सबै भारतबाट आएका नागरिक

 कचनकवलमा पुष्टि भएका कोरोना संक्रमित सबै भारतबाट आएका नागरिक
मनपरे शेयर गरौ ! 


झापा / झापाको कचनकवल गाउँपालिकामा देखिएको कोभिड १९ को सङ्क्रमण हालसम्म भारतबाट आएका नागरिकमा मात्र देखापरेको छ ।

नेपाल भारतको सीमा क्षेत्र कचनकवलको विभिन्न नाकाबाट प्रहरीको प्रत्यक्ष निगरानीमा सोझै कवारेन्टाइनमा ल्याइएका नागरिकमा मात्रसंक्रमण देखिएको हो ।

हालसम्म कचनकवलमा मात्र ३३ जनामा संक्रमण देखिएको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा ४ दिनअघि नयाँ सङ्क्रमित पुष्टि भइसकेका छन् । झापामा कूल सङ्क्रमितको संख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् ।

कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको हो । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित बिर्तामोड, हल्दिबारी लगायत स्थानीय तह सिल गर्न थालिएको छ ।

खुला सीमाका कारण सो क्षेत्र लगायत अन्य स्थानबाट लुकिछिपी आएका मानिसले समुदायमा सार्ने प्रवल सम्भावना रहेकोले झापा यतिबेला सङ्क्रमणको उच्च जोखिममा छ ।

मनपरे शेयर गरौ ! 

Related post