• October 1, 2020

ब्राउन सुगरसहित बिर्तामोडबाट दुई युवा पक्राउ

 ब्राउन सुगरसहित बिर्तामोडबाट दुई युवा पक्राउ
मनपरे शेयर गरौ ! 


बिर्तामोड / चार ग्राम ब्राउन सुगर सहित बिर्तामोडबाट दुई जना युवालार्ई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोड- ५ स्थित कृष्णहल छेउबाट सोही वडाका वर्ष २८ को पवन चौधरी र वर्ष २८ कै महेश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरु दुबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post