• October 1, 2020

बुद्धशान्तिका २४ जनाको स्वाब संकलन गरिँदै

 बुद्धशान्तिका २४ जनाको स्वाब संकलन गरिँदै
मनपरे शेयर गरौ ! 


बुद्धशान्ति / झापाको बुद्धशान्ति गाउँपालिकाका २४ जनाको कोरोना परिक्षणका लागि आज स्वाब संकलन गरिँदैछ । बुद्धशान्तिले तयार गरेको क्वारेन्टिनमा २४ जनालाई राखिएको छ ।

बुद्धशान्ति १ को बुद्ध आदर्श माबिमा तयार गरिएको क्वारेन्टिनमा भारतबाट विभिन्न समयमा आएकाहरुलाई राखिएको बुद्धशान्ति क्वारेन्टिन समिति अध्यक्ष भिमकुमार नेवारले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका सबैको पिसिआर विधिबाट आज स्वाब संकलन गरिने बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।

स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय झापाको टोलि बुद्धशान्ति आउँदैछ । क्वारेन्टाइनमा भारतको लखनउ, मद्य प्रदेश, कानपुर, दिल्ली, आसाम लगायतका ठाँउबाट आएका बुद्धशान्तिका नागरिक छन् ।

मनपरे शेयर गरौ ! 

Related post