• November 27, 2020

जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध -प्रधानमन्त्री ओली

 जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध -प्रधानमन्त्री ओली
मनपरे शेयर गरौ ! 


काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्रीले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

महामारीका सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि प्रधानमन्त्रीको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उनले बताए । उनले भने, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”

सरकार नागरिकप्रति संवेदनशील रहेको उनले बताए । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले बताए ।

उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताए । उनले भने, “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै यो महामारीलाई जित्न सकिन्छ ।”

मनपरे शेयर गरौ ! 

Related post