• September 28, 2020

कोभिड १९ बाट नेपालमा चौथो व्यक्तिको मृत्यु

 कोभिड १९ बाट नेपालमा चौथो व्यक्तिको मृत्यु
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा थप एक जनाको कोरोना भाइरस कोभिड १९ को कारण सोमबार मृत्यु भएको छ ।

कोभिड १९ बाट चौथो व्यक्तिको पनि निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । गत जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

ती बृद्धको सोही दिन अन्त्येष्टि गरिए पनि सोमबार विहान मात्र उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउसोसम्ममा निको भएर डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post