• October 22, 2020

फेरि ६ जना थपिए, कोरोना संक्रमितको संख्या ६८२ पुग्यो

 फेरि ६ जना थपिए, कोरोना संक्रमितको संख्या ६८२ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / सोमबार दिउँसो पुनः ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस अघि सोमबार नै विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा संक्रमितको संख्या कुल ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थपिएका संक्रमित सबै पुरुष छन् ।

प्रवक्ता देवकोटाका अनुसार थपिएका संक्रमितहरुमा अछामका १ जना, बर्दियाका ३ जना , पर्साका १ जना र काठमाडौं घर भइ बारा कलैया बसेर काम गर्ने एक पुरुष रहेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post