• September 28, 2020

भारतबाट आएका युवकको मृत्युभएपछि नाकामा प्रदर्शन

 भारतबाट आएका युवकको मृत्युभएपछि नाकामा प्रदर्शन
मनपरे शेयर गरौ ! 

धनुषा / धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ। बुधबार बिहान ६ बजे धनुषाका सहिदनगर नगरपालिका -९ घर भएका ३० वर्षीय विरेन्द्र कुमार यादवको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

बिरामी उनलाई भाईले बोकेरै ल्याएको खुल्न आएको छ प्रजिअ निरौलाले बताए । बिहान ३ बजे जटही बोर्डरना आइपुगेका उनको ६ बजे मृत्यु भएको बताइएको छ ।

बिरामी ती युवकले बिहान बान्ता गरेपछि उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताएको छ । युवकको मृत्यु भएपछि नाकामा जम्मा भएका नेपालीहरू प्रदर्शन गरेका छन।

भारतको विभिन्न ठाउँबाट आएका दुईसयभन्दा बढी नेपाली नागरिकले नाकामा प्रदर्शन गर्दै आ-आफ्नो घर हिडेका छन् ।

मृतकको शव जटहिमै छ । शव जनकपुरस्थित प्रदेशिक अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post