• October 1, 2020

गौरादह नगरपालिकाका २ जनामा कोरोना पुष्टि

 गौरादह नगरपालिकाका २ जनामा कोरोना पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / झापामा कोरोना संक्रमण पुष्टि भएका मध्ये दुई जना गौरादह नगरपालिकाका छन् । कोरोना पुष्टि भएका उनीहरु भारतबाट आएका थिए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार दिउँसो झापाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिकामा १५ जना र झापाकै गौरदह नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

क्वारेन्टाइनमा रहेका २० जनाको थ्रोट स्वाब परिक्षण गर्दा उनीहरूमध्ये २ जनामा पोजिटिभ रिपोर्ट आएको गौरादह नगरपालिकाका प्रशासकिय अधिकृत खेम ओझाले जानकारी दिए । अन्य १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मनपरे शेयर गरौ ! 

Related post