• September 28, 2020

कोरोनाका कारण ललितपुरमा १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

 कोरोनाका कारण ललितपुरमा १ जनाको मृत्यु,  मृत्यु हुनेको संख्या ५ पुग्यो
मनपरे शेयर गरौ ! 


काठमाडौं / ललितपुरमा १ जनाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । जेठ ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो ।

ललितपुर महानगरपालिका(२२ का ५७ वर्षीय पुरुषलाई पाटन अस्पतालबाट किष्ट अस्पतालमा सारिएको थियो । कोरोना संक्रमणका कारण बुधबार साँझ उनको निधन भएको हो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो।सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो ।

भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको भए पनि बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उनको मृत्यु भएको बताइएको छ । बुधबार बेलुका ८ बजे उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

चिकित्सकका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ । कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

मनपरे शेयर गरौ ! 

Related post