• September 28, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो, ५ जनाको मृत्यु

 नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो, ५ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १ हजार नाघेको छ ।

दोस्रो संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरिएको ६६औं दिनमा संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा जनाइएअनुसार ६० हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर फर्किनेको संख्या १८७ छ । अन्य ८ सय ५० जना उपचाररत छन् ।

पछिल्लोपटक ललितपुरका १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post