कांग्रेस संसदीय दलको बैठक आज बस्दै

झापा / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रवार बस्दै छ ।
बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कार्यक्रम तय भएको कांग्रेस स्रोतले जनाएको छ ।
बैठकमा मुख्य एजेण्डा संविधान संशोधनका बारेमा छलफल हुनेछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रमले पनि बैठकमा प्रवेश पाइनेछ ।
यस्तै शनिवार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ ।