• September 30, 2020

छुरा प्रहार गरि आमाको हत्या गर्ने छोराले गरे आत्महत्या

 छुरा प्रहार गरि आमाको हत्या गर्ने छोराले गरे आत्महत्या
मनपरे शेयर गरौ ! 

बेलबारी / बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले बताए ।

मनपरे शेयर गरौ ! 

Related post