• September 20, 2020

काला जातिमाथि दमन बढ्दै गएको भन्दै अमेरिकामा हिन्स्रक पर्दशन

 काला जातिमाथि दमन बढ्दै गएको भन्दै अमेरिकामा हिन्स्रक पर्दशन
मनपरे शेयर गरौ ! 

एजेन्सी / अमेरिकाको मिन्नियपोलिसमा रहेको प्रहरी प्रमुख कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेर आगजनी तथा तोडफोड गरेका छन् ।

प्रहरीले एक स्थानीय काला जातिका मानिसको हत्या गरेपछि फैलिएको अव्यवस्थाका क्रममा हुलदंगा मच्चिएको हो । 

बिहीवार अबेर राति मिन्नियपोलिस प्रहरी विभागको थर्ड प्रिसिंक्ट हेडक्वार्टर्समा आगजनी गरिएको हो । हल्लाखल्ला गर्दै प्रदर्शनकारीहरू भवनमा पसेर झ्यालका शीशा फुटाएको र आगजनी गरेको भिडियो देखिन्छ । 

घटनापछि प्रहरीले भवन खाली गरेको भनी एक बयान जारी गरेको छ ।

जर्ज फ्लोयड नामक काला जातिका एक मानिसलाई सोमवार समातेर प्रहरीले घुँडाले घाँटी थिचेपछि सास फेर्न नसकी उनको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेका चारजना प्रहरी अधिकारी त्यही भवनमा काम गर्ने बताइएको छ । प्रदर्शनकारीहरूले त्यसैले गर्दा त्यस भवनलाई तारो बनाए । 

त्यससँगै मिन्नेसोटाका ट्विन सिटीजमा लुटपाट, आगजनी र तोडफोड गरिएका छन् । प्रहरीले स्थितिलाई काबुमा ल्याउन सकेको छैन । 

यसअघि पनि प्रहरीले काला जातिका मानिसको हत्या गरेका थुप्रै घटना सार्वजनिक भइसकेका छन् । 

मनपरे शेयर गरौ ! 

Related post