• October 1, 2020

रुकुम घटनामा संलग्नलाई कारबाही माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

 रुकुम घटनामा संलग्नलाई कारबाही माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
मनपरे शेयर गरौ ! 


काठमाडौं / रुकुममा पश्चिम चौरजहारी केही दिनअघि भएको घटनामा संलग्नमाथि कारबाही माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ ।

बस्ती संरक्षण अभियान नेपालको संयोजकत्वमा राष्ट्रिय दलित पत्रकार संघलगायत विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् ।

पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै विभिन्न संघ संस्थाले प्रदर्शन गरेका हुन् ।

केही दिनअघि मात्रै चौरजहारीमा केटी लिन भन्दै आएका जाजरकोटका नवराज विक र उनका साथीको शव भेरी नदीमा भेटिएको थियो । घटनामा १ जना अझै बेपत्ता छन् ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको आरोप लागेको छ । अनुसन्धानका लागि वडाध्यक्षसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

मनपरे शेयर गरौ ! 

Related post