• October 1, 2020

थप २७ जनामा कोरोना पुष्टि, झापामा संक्रमितको संख्या १०७ पुग्यो

 थप २७ जनामा कोरोना पुष्टि, झापामा संक्रमितको संख्या १०७ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / झापामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजोे मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको कचनकवलमा आज थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् ।
कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

कचनकवलका छवटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सयभन्दा बढी नेपाली आइसकेको बताइएको छ ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुईदुईजना र झापा गाउँपालिका, दमक र भद्रपुर नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post