रौतहट / रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।
काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ । प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए ।
उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए । रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् ।
५६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ । तीनजना निको भएर घर फर्किएका छन् ।