• September 28, 2020

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

 नेपालमा थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो
मनपरे शेयर गरौ ! 

झापा / नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङ गर्दै यस्तो जानकारी दिएका हुन् । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एकजना कपिलवस्तुका ७७ जना, ललितपुर एकजना, महोत्तरीका चारजना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन् ।

यसैगरी, रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन् । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू सबै दैलेखका हुन् । विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा २ जनको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू दुवैजना संखुवासभाका भएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post