• September 29, 2020

कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले विधेयकको पक्षमा बोले

 कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले विधेयकको पक्षमा बोले
मनपरे शेयर गरौ ! 


झापा / संविधान संशोधन विधेयकबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सरकारको प्रस्तावको समर्थन गरेका छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गरेको प्रस्तावको पक्षमा अहिलेसम्म झण्डै दुई दर्जन सदस्यले बैठकमा बोलेको बताए ।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे निर्णय गर्न केन्द्रीय समिति बोलाएका हुन् । यसअघि पार्टीका पदाधिकारीको अनौपचारिक बैठकले प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
केन्द्रीय समितिले पनि प्रस्तावको पक्षमा निर्णय गर्ने संभावना रहेको एक पदाधिकारीले बताए ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूचि ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’ भन्ने प्रस्तावमा बैठकमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

मनपरे शेयर गरौ ! 

Related post