गजल- ‘भ्रमको खेती’


भ्रमको खेती छर्नु पर्दैन
सरकारलाई गाली गर्नु पर्दैन ।
काम राम्रा नि धेरै गर्या छन्
वीषको प्याला भर्नु पर्दैन ।
समृधी ल्याई सुखी हुने हो
पासपोर्ट फारम भर्नु पर्दैन ।
जडिबुटी मूलो हाम्रै देशको
रोग र ब्याधले मर्नु पर्दैन ।
अन्न र पात उब्जाउ गरेमा
किन्नलाई पारी तर्नु पर्दैन ।
सर्वत्र विकास आय बढेमा
गाउँबाट शहर सर्नु पर्दैन ।
गाउँबाट शहर सर्नु पर्दैन ।।
-कृष्ण जी
बिर्तामोड -१०