• October 1, 2020

क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, मृतकको संख्या ७ पुग्यो

 क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, मृतकको संख्या ७ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / क्वारेन्टिनमा शनिबार मृत्यु भएका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुल्लु नगरपालिकाको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

शनिबार ती पुरुषको स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

रिपोर्ट पोजिटिभ आउनेबित्तिकै मृतकको शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेको मन्त्री रावलले बताएका छन् ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post