• September 29, 2020

विवाहित महिला मृत फेला,श्रीमानसहित ३ जना नियन्त्रणमा

 विवाहित महिला मृत फेला,श्रीमानसहित ३ जना नियन्त्रणमा
मनपरे शेयर गरौ ! 


कैलाली / धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आइतबार मृत फेला परेकी छन् ।

विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि महिलाका श्रीमानु, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post