• November 27, 2020

हेटौडाकी गर्भवती महिलाले जितिन् कोरोना

 हेटौडाकी गर्भवती महिलाले जितिन् कोरोना
मनपरे शेयर गरौ ! 


झापा / हेटौंडाकी एक संक्रमित गर्भवती महिलाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत ती महिलाको पछिल्लो दुई दिन लगातार गरिएको कोरोना परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी गरेको छ ।

जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । कोरोना परिक्षण गर्दा लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि संक्रमण नभएको ठहर गर्ने प्रक्रिया छ ।

चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् ।

संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका चितवनका व्यक्तिको पनि परीक्षण गरिएको थियो । उनको सम्पर्कमा रहेका परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post