• November 28, 2020

गौरीगञ्जका चार जनामा कोरोना संक्रमण पुष्टि

 गौरीगञ्जका चार जनामा कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा स्वाब परीक्षण गर्दा आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार गौरीगञ्ज ६ का २३, ३७ र ३९ बर्षीय ३ जना पुरूष र वडा नम्बर ५ का १८ वर्षीय १ जना पुरूषमा कारोना संक्रमण देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले पनि गौरीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

संक्रमित चारै जनालाई गाउँपालिकाले स्थापना गरेको वडानम्बर ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको छ । उनीहरूलाई उपचारका लागि कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post