किन राखियो बिर्तामोडका घरमा रातो झण्डा ?

बिर्तामोड / खतराको संकेत स्वरुप बिर्तामोड नगरपालिकाले पालिकाभित्रका २० घरमा रातो झण्डा लगाएको छ ।
रातो झण्डा नगरपालिकाले विभिन्न वडामा गरि हालसम्म २० वटा घरमा रातो झण्डा लगाइएको वडानम्बर ५ का वडासदस्य डीआर कडरियाले बताए ।
बिर्तामोड–५ ले आइतबार वडा भित्रको एक घरमा रातो झण्डा राखेको छ ।
विदेशबाट आएका नागरिक होमक्वारेन्टिनमा बस्नुको सट्टा घरमै बस्न गएकाले होम क्वारेन्टाइनको संकेतका रुपमा रातो रंगको झण्डा राखिएको बताइएको छ ।