• September 30, 2020

जेठ २४ देखि सबै व्यवसाय सञ्चालन गर्ने व्यवसायीको निष्कर्ष

 जेठ २४ देखि सबै व्यवसाय सञ्चालन गर्ने व्यवसायीको निष्कर्ष
मनपरे शेयर गरौ ! 


झापा   / झापाका उद्योगी व्यवसायीले व्यवसाय सुचारु गर्न तीन दिने अल्टिमेटम दिएका छन् ।  हिजो मेचीनगर उद्योग बाणिज्य संघमा जम्मा भएका उद्योगी व्यवसायीले त्यस्तो अल्टिमेटम दिएका हुन् । 

एक दर्जन भन्दा बढी उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य , अध्यक्ष र प्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलले  बन्दाबन्दी अस्वीकार नगर्ने निर्णय भएको छ ।

छलफलमा ६ बुँदे  निर्णय  भएको छ ।  कोरोना को कारणबाट ७५ दिनसम्म बन्दाबन्दी हुँदा  उद्योगी व्यवसायीले  ठुलो क्षति पुगेको र सरकारबाट  कुनै  सहुलियत घोषणा नभएकोले व्यवसायीहरुले आपत्ति प्रकट गरेका छन् ।

चौतर्फी दवाब परेपछी बाध्य भएर बजार खुल्ला गर्ने निर्णय लिनु परेको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य उमेश डलमियाले बताए ।

महासंघका अर्का  केन्द्रिय सदस्य केशवराज पाण्डेले सरकारले लकडाउनको  व्यवस्थापन गर्न नसकेको बताए ।

जिल्लाका सबै उद्योग व्यवसाय खुल्ला गराउन संघहरु बाध्य हुने छलफलको निस्कर्स छ ।
छलफलमा  बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले  व्यवसायीले सास्ती भोग्नु परेको बताए ।

छलफलमा  सबै प्रकारका उद्योग कलकारखाना,  बजार व्यवसाय प्रत्येकदिन बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाई दिन माग गर्ने सहमति जुटेको छ ।

त्यसैगरी जेठ २३ गतेसम्म सरकार र जिल्ला प्रशासन कार्यालयले अनुकुल  निर्णय नगरे २४ गतेदेखि  सबै व्यवसाय खुल्ला गर्ने, चलचित्र घर, पार्टी प्यालेस, जिमखाना, होटल, रेष्टुरेण्ट हाललाई बन्द नै राख्ने तर रेष्टुरेण्ट खाजाघरको हकमा अधिकतम सुरक्षा सावधानी अपनाएर होमडेरीभरी तथा अडर अनुसारको सेवा संचालन गरिने बताइएको छ ।

औषधि, डेरी कृषि सामग्री मल वीउविजन, भेटनरी पसल र बैंक वित्तिय संस्थाहरु नियमित संचालन गर्न पाउनु पर्ने सहमति जुटेको छ। 

लकडाउन   जेठ ३२ गतेसम्म थप गरिएको कारण समस्या  जटिल भएको व्यवसायीको तर्क छ ।सबै प्रकारका कर तथा शुल्क  जेठ २५ गते भित्र दाखिला गर्नुपर्ने अन्याथा थप दस्तुर जरिवाना तथा ब्याज समेत लाग्ने भन्ने सरकारको  अव्यवहारिक निर्णय तत्काल खारेज गर्न भेलाले माग  गरेको छ ।

झापाका उद्योग बाणिज्य संघहरुले  २०७७ वैशाख २६ बाट पारित १० बुँदे   माग  पुन: स्मरण गराउँ  दै तत्काल कार्यनयनको लागि  भेलाले अनुरोध  गरेको छ ।                       

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिनाको अध्यक्षतामा भएको छलफलमा  बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चापागाइँ, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश सिवाकोटी, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, झापा उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष सन्तोष धमला, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, कमलनगर उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनाली, दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post