• September 28, 2020

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग स्वीकृत

 विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग स्वीकृत
मनपरे शेयर गरौ ! 

काठमाडौं / विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर -करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ ।

कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने भएको छ ।

विश्व बैंकले बुधबार दिएको जानकारीअनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो ।

बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post