• October 22, 2020

बंगुरका पाठा बितरण

 बंगुरका पाठा बितरण
मनपरे शेयर गरौ ! 

बिर्तामोड / बिर्तामोड नगरपालिकाले संचालन गरेको मेयर पकेट प्याकेज ग्रामीण बंगुरपालन कार्यक्रम अन्तरगत बडा नं ६ स्थित शन्देश महिला बंगुरपालन समूहबाट प्राप्त बंगुरका पाठा बडा नं २ स्थित सोमबारे अगुवा बंगुरपालन समुहलाई प्रदान गरिएको छ ।

०७५ सालमा नगरपालिकाले शन्देश महिला बंगुरपालन समूहका प्रत्येक सदस्यलाई २ बटाका दरले ३० बटा बंगुरका पाठा बितरण गरेको थियो ।

यसरी सो समूहबाट उपहार स्वरुप प्राप्त बंगुरका पाठा नगर उप प्रमुख पबित्रा महतारा प्रसाई, बडा नं २ का अध्यक्ष नगेन्द्र संग्रौलाले समूहका सदस्यलाई हस्तान्तरण गरे ।

सो कार्यक्रम अन्तरगत बंगुरका पाठा सहित बीमा, खोर निर्माण र औषधोपचार सुबिधा समेत रहेको बिर्तामोड नगरपालिका पशुपक्षि तथा मत्स्य विकास शाखाका प्रमुख साबित्राकुमारी दाहालले जानकारी दिइन् ।

मनपरे शेयर गरौ ! 

Related post