• September 20, 2020

झापामा थप ५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२३

 झापामा थप ५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२३
मनपरे शेयर गरौ ! 

बिर्तामोड / झापामा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

भद्रपुर १ का ५६ वर्षीय ,३ नम्बर वडाका १९ वर्षीय पुरुष र कचनकवल ६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै भद्रपुरस्थित कलबलगुडी क्वारेन्टिनका हुन् । त्यस्तै, कचनकवलमा पनि दुईजनामा कोरोना पुष्टि भएको छ ।

पथरिया माविको क्वारेन्टिनमा बसेकाहरूको दोस्रोपटक स्वाब परीक्षण गर्दा दुईजना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् । उनीहरू सबै भारतबाट आएका हुन् ।

योसंगै जिल्लामा संक्रमितको संख्या १२३ पुगेको छ । कचनकवलमा मात्रै संक्रमित संख्या १०२ पुगेको छ ।

पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रोपटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । चारजनाको रिपोर्ट आउन बाँकी छ ।

देशभर पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post